२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव फेला

shivam cement
२०८२ कार्तिक २३ गते १६:३२
Shares
मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव फेला

काठमाडौँ : ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ ।

५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु(छोरी हुन् ।

मनाङको ङिस्याङ गाउँपालिका-४ स्थित ग्याल्सेन होटेलबाट ३ कात्तिकमा सोही गाउँपालिका-५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटेलले  खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजी कार्य गरिरहेकोमा नभेटिएपछि पुनः  २३ कात्तिकमा सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको थियो ।

माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

ADV

सम्बन्धित खबर