काठमाडौं : बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले ०७७ पुस २५ देखि पुस २८ गते सम्म रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपंक्षी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।
उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
तालिममा देशभरबाट उत्सहाजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । तालिमबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपंक्षी बीमामा उल्लेख्य वृद्धि भई ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies