२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा र सदस्यमा घिमिरे नियुक्त

shivam cement
२०८२ कार्तिक २४ गते १९:४८
Shares
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा र सदस्यमा घिमिरे नियुक्त

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ क को उपदफा (२) अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-१८ का प्रा.डा. शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा ३ वर्षका लागि नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रा.डा. शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गरेका थिए । यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही नियमअनुसार सेवाआयोगको सदस्य पदमा फुङलिङ-३ ताप्लेजुङका प्रा.डा. रमेश घिमिरेलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर