२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

सञ्चारमन्त्रीद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन

shivam cement
२०८२ कार्तिक २४ गते २०:५४
Shares
सञ्चारमन्त्रीद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन

काठमाडौं : डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उदेश्यले सरकारले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको हो । राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मारेको बताए । 

सञ्चारमन्त्री खरेले एआई केन्द्रको स्थापनासँगै नेपाललाई डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश गएको उल्लेख गरे । उनले भने, ‘एआई केन्द्रको यो सुरुवात हो, यसलाई निरन्तर रुपमा अगाडिा बढाउछौँ, एआई नीति आइसकेको छ, एआई काउन्सिल पनि गठन भइसकेको छ । आजकै दिनदेखि एआई केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्नेछ । जिडिटल नेपाल र डिजिटल ट्रान्सफरमेनबाटोमा नेपाल अघि बढेको सन्देस दिइएको छ ।’

No description available.

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवद्र्धनको सन्दमा एआईले जोड्ने विश्वास व्यक्त गरे । सूचना प्रविधि केन्द्रले सार्वजनिक तथा निजी क्षेत्रको सेवा प्रवाहलाई डिजिटल माध्यमद्वारा छिटो र सहज बनाउन नितीगत पहल गर्ने उनले बताए । 

यसका साथै एआईको प्रयोगले कुनैपनि निकायमा जनशक्ति अभावलाई न्यूनीकरण गर्न तथा डिजिटल प्लेटफर्ममार्फत प्रवाह हुने गलत सुचनाको सत्य तथ्य पुष्टी गर्न उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख सहसचिव आदेश खड्काले सरकारले गत साउनमा एआई सम्बन्धी नीति २०८२ लाई कार्यान्वयनमा ल्याइएसँगै एआई केन्द्रको स्थापना गरिएको बताए । 

No description available.

उनका अनुसार एआई काउन्सील गठन भएको र एआई नीति आइसकेको अवस्थामा नेपाललाई डिजिटल युगमा अगाडि बढाएको छ । यसले नेपालका सार्वजनिक तथा निजी क्षेत्रलाई एआई प्रयोगका लागि नितीगत कार्य गर्ने छ ।

सूचना प्रविधिविज्ञ गौरव पाण्डेले एआई केन्द्र स्थापनाले निजी क्षेत्रलाई एआई प्रयोगमा लगानी र सहभागी गराउन उत्साहित बनाउने विश्वास व्यक्त गरे । 

केन्द्रले एआईको माध्यमद्वारा सेवा प्रवाह गर्न चाहने निजी क्षेत्रलाई नीतिगत कामका लागि सहजीकरण गरी दिने, तथा एआई सम्बन्धी कार्यक्रम निर्माणलाई प्रोत्सान दिने मन्त्रालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर