२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली जडान

shivam cement
२०८२ कार्तिक २५ गते ११:५६
Shares
पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली जडान

ललितपुर : ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली स्थापना गरिएको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलबार एक कार्यक्रमबीच सो प्रणालीको सुभारम्भ गरेका हुन् । आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले सो प्रणाली जडान गरिएको मेयर महर्जनले बताए ।

उनले सो प्रणाली परीक्षणको रुपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरुमा जडान गर्ने योजना रहेको पनि जानकारी दिए । त्यस अवसरमा मेयर महर्जनले मुलुकका सबै नगरपालिकाहरुले भन्दा ललितपुर महानगरपालिकाले विपदको क्षेत्रमा अब्बल तरिकाले काम गरेको दावी समेत गरे । 

उनले भने, ‘विपद्को सन्दर्भमा हामीले यो मुलुकमा २९३ वटा नगर पालिकाहरु छन् । त्यो मध्य ललितपुर महानगरपालिकाले एकदमै अब्बल तरिकाले काम गर्दै आएको मैले यहाँहरुलाई जानकारी गराए । यो अहिले हामीले डेमो गर्न खोजेको हो । यो कत्तिको काम गर्छ भनेर हेर्न खोजेको हो । यसले ठ्याक्कै काम गरेको अवस्थामा हामी ललितपुर महानगरपालिकाको प्रत्येक चोकचोकमा यो प्रणाली जडान गर्ने छौं ।’

ललितपुर महानगरपालिकाले यसअघि नै विपद् कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याइसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर