
काठमाडौं : मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्त गरेको थियो ।
साथै मन्त्रीपरिषद्को बैठकले सोमबार नै कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।