काठमाडाैं : देशभर पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । तेह्र हजार ४७४ जनाले पिसिआर र सात हजार ८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख १५ हजार ६५३ पुगेको छ । यो दर ९६ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिंदा आठ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट परीक्षण गरिंदा एक लाख १०८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ४९ लाख ८१ हजार २६० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ८० हजार ८८२ पुगेको छ । कुल संंक्रमण दर १७ प्रतिशत रहेकाे छ ।
कोभिड बिरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा तीन लाख २० हजार २६७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies