लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीमा कर्तव्य ज्यान मुद्दामा फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सर्लाही, बरहथवा नगरपालिका वडा नं. १० कटानी टोल बस्ने सुरत राम महराको श्रीमती वर्ष ३२ की सावित्री कुमारी महरा गत पुस १७ गतेका दिन विरगंज औषधि गराउन जान्छु भनि घरबाट निस्की गएकी थिइन् ।
उनी घर फर्की नआएको भनी मौखिक उजुरी प्रहरी समक्ष आएको थियो । सो उजुरीका आधारमा श्रीमती महरालाई खोजतलास गर्दै जाँदा पुस २३ गते विहान करिव साँढे दश बजेको समयमा सर्लाही बरहथवा न.पा.वडा नं.१० स्थित राम छविला साहको उखु खेतभित्र महराको हत्या गरी आधा शरीर जलाएको अवस्थामा शव फेला परेको थियो ।
त्यसपश्चात सो सम्बन्धी कसुर मुद्दाको अनुसन्धान तथा कारबाहीको शिलशिलामा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले प्राबिधिक अनुसन्धान तथा छानविन गर्दा सर्लाही हरिवन नगरपालिका वडा न.१० ताईवान टोल बस्ने मनोज लाल साह बनियाको छोरा करिब २७ वर्षीय सन्तोष साह, सोही ठाउँ बस्ने राम बहादुर ब्लोनको छोरा करिब २७ वर्षीय मुकेश ब्लोन र दिपेन्द्र हजराको छोरा करिब २२ वर्षीय रोहित हजरा समेतको उक्त घटनामा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।
आरोपीहरुलाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई कारबाहीको प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
आरोपीमध्ये सन्तोष साह र मृतक महिला ८÷९ महिना पहिला जग्गा खरिद गर्ने भनी जग्गा हेर्ने क्रममा मृतक महिलाको बुवामार्फत विदेशमा रहेका मृतकको श्रीमान र श्रीमानबाट चिनजान भएको, जग्गा खरिद गर्न दुई लाख रुपैयाँसमेत मृतकले सन्तोष साहलाई बैना दिएपश्चात मृतक र सन्तोष साहबीच पटक पटक सम्पर्क भई निजहरू एक अर्काको समीप भइसकेको, विगत केही दिनदेखि मृतक महिलाले सन्तोष साहलाईसँगै लिएर भाग्ने भनी दबाब दिँदै आएको र साह पहिला नै विवाहित भई बुवा समेत भरखरै स्वर्गवास भएको तथा मृतक महिलालेसँगै बस्ने दबाब दिएकोले उक्त समस्यालाई समाधान गर्न निज महिला हाल मृतकलाई मार्ने योजना बनाएको लगायत तथ्यहरु अनुसन्धानबाट बाहिर आएको प्रहरीले जनाएको छ ।
आरोपी साहले प्रयोग गर्ने रियलमी कम्पनीको ९८६६३०२३६३÷९८२८००४२८३ नम्बरको सिम सहितको मोबाइल फोन –१, मुकेश ब्लोनले प्रयोग गर्ने नोकिया कम्पनीको कि पैडबाला कालो रङको ९८४७३१५४७३÷ ९८०७६२९१५७ नम्बरको सिम प्रयोग भएको मोबाइल फोन–१ थान र साह समेतले देखए अनुसार जिल्ला सर्लाही बरहथवा न.पा. वाड न.९ स्थित सोल्टी गेटबाट २०० फिट पश्चिम सोल्टी जाने सडक खण्डको दक्षिण छेउमा मृतकको ब्याग, ब्लाङ्केट, घरको तालाको साचो, चुरा, काइयो, सिंदुर, साबुन, फेयर लभली क्रीम, लिपिस्टिक, बिन्दी आदि लगायतको दशी प्रमाणहरु अनुसन्धानबाट बरामद भएको पनि प्रहरीले जनाएको छ ।
यसैगरी महिलाले लगाउने चप्पल–१, नीलो रङको लाइटर–१, महिलाले ओढ्ने रातो रङको सल–१, जलेको अवस्थामा पानीको मिनरल वाटर–१, पुरुषले लगाउने टोपी–१, नगद एक हजार रुपैयाँलगायतको समानहरु घटनास्थलबाट बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies