२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

आइजिपी कार्कीले लगाए दर्ज्यानी चिह्न

shivam cement
२०८२ कार्तिक २७ गते ११:३६
Shares
आइजिपी कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् ।

बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दंगालले आइजिपी कार्कीलाई चिह्न प्रदान गरेका हुन् ।

३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका हुन् ।

गत २५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आइजिपीमा नियुक्त गरेको थियो ।

ADV

सम्बन्धित खबर