२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

गृहमन्त्रीले जेनजीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्यो : सुदन गुरुङ

shivam cement
२०८२ कार्तिक २७ गते १३:०१
Shares
गृहमन्त्रीले जेनजीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्यो : सुदन गुरुङ

काठमाडौं : जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन् ।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका हुन् । उनले आफ्ना मागहरु पूरा नभइ निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाइतेका मागहरु पूरा हुनुपर्ने बताए । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेनजी आन्दोलनले न्याय पाउनुपर्ने माग गरे । 

उनले भने, ‘हामी चुनावमा जाँदैनौं । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौं, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौं । हाम्रा प्रतिबद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौं । उहाँले न्याय दिने आशा छैन ।’

उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपालीहरु देश बनाउन आउनुपर्ने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर