काठमाडौं : प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्चले सहमति विपरीत निर्वाचन समिति भंग गरी कार्यसमितिलाई अवैधानिक रूपमा पदमा बसिरहन चाहेको भन्दै नेपाल वैदेशिक राेजगार व्यवसायी संघकाे कार्यालयमा तालाबन्दी गरेको छ ।
संघका पूर्व प्रथम उपाध्यक्ष हरि पाण्डे क्षेत्रीकाे नेतृत्वमा मञ्चका कार्वाहक अध्यक्ष राजेन्द्र भण्डारी, संघको निर्वाचनमा नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एसाेसिएसनबाट अध्यक्षका उम्मेदवार भुवनसिह गुरूङ, मञ्चका महासचिव डिक बहादुर क्षेत्री ( कुमार ) लगायतका व्यवसायीले तालाबन्दी गरेका हुन् ।
तालाबन्दी अधि उनीहरूले महासचिव सुजित कुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।
तालाबन्दीले संघको वर्तमान नेतृत्व र असहमत पक्षबीच मनमुटाव र दुरी बढ्ने र त्यसले समस्याको समाधान नगर्ने भन्दै सहमतिको लागि गठित कार्यदलकाे बैठक बाेलाउन सुझाव दिए ।
तर तालाबन्दीकाे नेतृत्व गरेका पाण्डे क्षेत्रीले अवैधानिक रूपमा पद लम्याउन चाहेको भन्दै तालाबन्दी गर्ने अडान लिदै संघको कार्यालय रहेका दुबै फ्ल्याटमा तालाबन्दी गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies