२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

shivam cement
२०८२ कार्तिक २७ गते १८:३१
Shares
तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं : तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार साउनदेखि असोजसम्मको अवधिमा प्रेस स्वतन्त्रता हननका ती घटना भएका हुन् । 

सबैभन्दा बढी कुटपिटका ३४, दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा एवं अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना रहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन आचारसंहिता पालना गरेर काम गर्नुपर्नेमा जोड दिए । आचारसंहिता पालनाका लागि महासंघका तर्फबाट पनि संस्थागत पहल भएको उनको भनाइ थियो । 

सो अवसरमा काउन्सिलका सदस्यहरु विजयराज अधिकारी, पद्मराज जोशी, शन्तराम बिडारी, नकुल अर्याल र बालकृष्ण अधिकारी, मुख्य अधिकृत झविन्द्र भुसाललगायत महासंघका काठमाडौं उपत्यकाका विभिन्न शाखाका अध्यक्ष एवं प्रतिनिधिले आचारसंहिता कार्यान्वयनमा आइपरेका समस्या र समाधानका उपायबारे आ-आफ्ना धारणा राखेका थिए ।

ADV

सम्बन्धित खबर