२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

काठमाडौंमा मनाइयो कोरियाको राष्ट्रिय दिवस

shivam cement
२०८२ कार्तिक २७ गते २१:५२
Shares
काठमाडौंमा मनाइयो कोरियाको राष्ट्रिय दिवस

काठमाडौं : गणतन्त्र कोरियाको राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले बुधबार काठमाडौंमा स्वागत समारोहको आयोजना गर्‍यो ।

सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादव रहेका थिए । नेपालका लागि कोरियाली राजदूत थेयङ पार्क तथा श्रीमती ग्रेस पार्कद्वारा आयोजित स्वागत समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरु, उद्योगपति तथा व्यापारीहरु, सञ्चारकर्मीहरूका साथै काठमाडौंमा रहेका दक्षिण कोरियाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा स्वागत मन्तव्य राख्दै राजदूत पार्कले कोरिया र नेपालबीचको सम्बन्ध प्रगाढ रहेको बताए । उनले नेपालको दिगो आर्थिक विकास र समृद्धिका यात्रामा कोरिया सरकार दृढ साझेदारको रूपमा रहेको बताए । उनले रोजगारी, जलविद्युत् र सांस्कृतिक सम्पदा– यी तीन क्षेत्रलाई नेपाल–कोरिया सहकार्यका प्रमुख आधारका रूपमा पहिचान गरिएको उल्लेख गरे ।

उनका अनुसार कोरियाली लगानी, प्रविधि र अनुभवले नेपालका मुख्य विकास क्षेत्रहरूमा ठोस योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा नेपाल र कोरिया दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो । कार्यक्रममा कोरियाली संस्कृति र परम्परा झल्किने विविध सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । समारोहमा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरूलाई राजदूत पार्क तथा श्रीमती ग्रेस पार्कले स्वागत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर