२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

आज देशका अधिकांश भागमा मौसम सफा रहने

shivam cement
२०८२ कार्तिक २८ गते ०७:१८
Shares
आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ : हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।

ADV

सम्बन्धित खबर