२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस मनाइँदै

shivam cement
२०८२ कार्तिक २८ गते ०८:२६
Shares
आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ : पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै छ ।  

संयुक्त राष्ट्रसंघको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ । यस्ता सम्पदाको संरक्षणमा पुरातत्त्व विभाग क्रियाशील छ ।

पुरातात्त्विक विशेषज्ञहरूका अनुसार सांस्कृतिक सम्पत्ति केवल पुरानो वस्तु नभई राष्ट्रिय पहिचान र इतिहासको अभिन्न अंग हो । त्यसैले यसको सुरक्षा र संरक्षण सबैको जिम्मेवारी हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर