२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

shivam cement
२०८२ कार्तिक २८ गते १०:१६
Shares
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो  ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ । रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने तय छ ।

त्यसका लागि मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर/उपमेयर र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदाता रहनेछन् ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय छ । त्यसका लागि आयोगले  मंसिर १ देखि १० गतेभित्र दल दर्ता गर्न आह्वान गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर