काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको हाे ।
बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा विरोध जनाउँदै आएको छ । साथै प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।
सरकार संचालनमा सहयोग गर्ने उद्देश्यले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले कांग्रेस नेता पौडेलको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies