२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

प्रधानमन्त्रीलाई एमाले सचिव विश्वकर्माको प्रश्नः अपराधमा संलग्नहरुलाई कारबाही गर्नु पर्दैन ?

shivam cement
२०८२ कार्तिक २९ गते १५:२७
Shares
प्रधानमन्त्रीलाई एमाले सचिव विश्वकर्माको प्रश्नः अपराधमा संलग्नहरुलाई कारबाही गर्नु पर्दैन ?

काठमाडौंः नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

शनिवार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भइ मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरुलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे ।

उनले भने, ‘जसले घुसपैठ गरे । जसले यस खालको गुण्डागर्दी गरे । जसले यस खालको आतंकित गतिविधि गरे । जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरु । यसलाई धरासायी बनाउने काम गरे । अव यो सरकारले त्यो छानविन गर्न पर्दैन ? ती अपराधीहरुलाई कानुनको दायरामा ल्याउनु पर्दैन ? जेलबाट हजारौ कैदीहरु छुटेका छन । तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामथ्र्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृह मन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुुनुपर्छ कि पर्दैन ?’

सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकीर समेत गरे । 

ताजा खबर

सम्बन्धित खबर