२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

करेन्ट लागेर एक जनाको मृत्यु

shivam cement
२०८२ कार्तिक २९ गते १७:५७
Shares
करेन्ट लागेर एक जनाको मृत्यु

महोत्तरी : विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

गौशाला नगरपालिका-९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा-३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् बिस्तारमा ज्यालादारी कामदार रहेका यादवको  विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा विद्युतीय झट्का (करेन्ट) लागेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्‍याइएकामा उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र  चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बताएकाले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको बताए ।

ADV

सम्बन्धित खबर