२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

दृष्टिविहीन महिला क्रिकेट : नेपाल सेमिफाइनलमा

shivam cement
२०८२ कार्तिक ३० गते १८:२९
Shares
दृष्टिविहीन महिला क्रिकेट : नेपाल सेमिफाइनलमा

काठमाडौं : भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि श्रीलंका र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार व्यहोरेको थियो ।

अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा  कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १७ रनमै समेटियो । 

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक-एक विकेट लिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर