२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मतदाता नामावलीमा नाम दर्ता सहजीकरण गर्न प्रवासीको माग

Nada
अन्जान गुभाजु
२०८२ मंसिर १ गते ०६:२०
Shares
मतदाता नामावलीमा नाम दर्ता सहजीकरण गर्न प्रवासीको माग

साउदी अरेबिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क समिति, रियाद, साउदी अरबले राष्ट्रिय परिचयपत्रका आधारमा राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न माग गरेको छ ।

ncell

समिति प्रमुख मनिष लामाले नेपाली दूतावास साउदी अरब, रियादलाई पत्र लेखेर मतदाता नामावलीमा नाम दर्ता गराउन सहजीकरणका लागि आग्रह गरेका हुन् ।

समितिले नेपाल सरकारद्वारा हाल सञ्चालन भइरहेको मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रममा बायोमेट्रिक दिनेलगायतका प्राविधिक समस्याले निर्धारित मितिमा सबैले मतदाता नामावलीमा नाम दर्ता गराउन सम्भव नदेखिएको भन्दै साउदी अरेबियामा रहेका योग्यता पुगेक नेपालीलाई राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गरिदिन आग्रह गरिएको बताएको छ ।

सम्बन्धित खबर