
काठमाडौंः सोमवार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ ।
आइतवार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ ।
महसंघकाअनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । आइतवार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको छ ।