२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

विपन्न नागरिकलाई कम्बल वितरण

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर १ गते ११:५९
Shares
विपन्न नागरिकलाई कम्बल वितरण

रौतहट : रौतहटको सदरमुकाम गौर–४ टिकुलियाका युवा मनोज यादव पछिल्लो समय सामाजिक सेवा र मानवीय कामका कारण स्थानीयमध्ये विशेष चर्चामा छन् । आर्थिक हैसियत वा पदभन्दा ठूलो मानवीय भावना देखाउँदै उनले निरन्तर रूपमा समाजका विपन्न, असहाय र आवश्यकता भएकालाई सहयोग गर्दै आएका छन् ।

छठ पर्वको अवसरमा १०० भन्दा बढी महिलालाई साडी वितरण गरेर समाजसेवामा सक्रिय रहेका यादवले चिसो बढेसँगै यो वर्ष पनि कम्बल वितरण गरेका छन् । उनले आफ्नै निजी लगानीमा २५ जनाभन्दा बढी वृद्धवृद्धा, असहाय र आर्थिक रूपमा कमजोर परिवारलाई न्यानो कम्बल प्रदान गरेका हुन् । जाडोमा उपयोगी कम्बल पाएपछि लाभान्वितहरूले खुसी व्यक्त गरेका छन् ।

No description available.

यादवको यो उदार कार्यलाई स्थानीयहरूले उच्च सम्मानका साथ प्रशंसा गरेका छन् । समाजमा सकारात्मक सन्देश फैलिएको जनाउँदै उनीहरूको दीर्घायु र निरन्तर सामाजिक सेवाका लागि शुभकामना समेत व्यक्त गरिएको छ ।

कम्बल वितरण कार्यक्रममा स्थानीय बासिन्दासँगै उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपाल र विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो । मनोज यादवको मानवीय पहलले ‘धनभन्दा ठुलो मन’ हुने सन्देश दिएको भन्दै स्थानीयले अन्य सक्षम व्यक्तिलाई पनि समाजसेवामा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर