२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसको आयोजनामा गर्ल्स फुटसल सम्पन्न 

shivam cement
२०८२ मंसिर २ गते ०९:३०
Shares
लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसको आयोजनामा गर्ल्स फुटसल सम्पन्न 

काठमाडौं : लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसको आयोजनामा चौंथो संस्करणको गर्ल्स फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा चौंथो लायन्स कप गर्ल्स फुटसलको उपाधि महेन्द्र आदर्श स्कुलले जितेको छ ।

फाइनल खेलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाई निर्धारित समयमा गोलरहित बराबरी भएपछी पेनाल्टी सुट आउटमा हराउँदै उपाधि चुमेको हो । १७ वटा विद्यालयहरूले भाग लिएको सो प्रतियोगितामा भ्याली पब्लिक स्कुल तेस्रो र विश्वामित्र गणेश माध्यमिक विधालय चौंथो स्थानमा रहे ।

कात्तिक २४ गते देखि शुरु भै २६ गते सम्पन्न सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी करीना तामाङ भइन् भने उच्च गोलकर्ता मिन्जल लामा बन्न सफल भइन् । सो प्रतियोगितामा विजयी खेलाडी एवम विद्यालयहरूलाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी महर्जन लायन्स क्लबका डिस्ट्रीक गभर्नर लायन महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकी अध्यक्ष सृष्टि बज्राचार्य, डिस्ट्रीक चिफ स्पोर्ट्स तथा रोड सेफ्टीका लायन दिप्रश शाक्यले ट्रफी मेडल तथा प्रमाणपत्रका साथै स्कुल ब्याग स्टेशनरी केड कम्पनीद्वारा प्राप्त उपहारसहित विभिन्न सामग्रीहरु प्रदान गरेका थिए ।

फाइनल खेलमा लायन्स क्लबका प्रथम भाइस डिस्ट्रीक गभर्नर लायन योगराज कडेल शर्मा, जोन चेयर पर्सन लायन बिनोद गौचन, प्रोग्राम कोअर्डिनेटर लायन सरु महर्जनलगायत लायन्स क्लब अफ ललितपुर रोयलका पदाधिकारी एवम सदस्यहरूको उपस्थिति रहेको थियो । विभिन्न  विद्यालयका छात्राहरूलाई खेलकुदमा सहभागी गराइ उनीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गरि महिला शसक्तिकरणमा योगदान गर्ने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर