२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

धातुका भाँडा र मूर्तिसहित २ जना पक्राउ

ADV
सन्तोष पौडेल
२०८१ साउन ९ गते २२:०९
धातुका भाँडा र मूर्तिसहित २ जना पक्राउ

बर्दिया : बर्दिया प्रहरीले ऐतिहासिक धातुका भाँडा तथा मूर्तिसहित २ जनालाई नियन्त्रणमा लिएको छ । 

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले भारी मात्रामा धातुको ऐतिहासिक सामग्रीहरुसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च १६९७ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा १४ पोका ऐतिहासिक सामग्रीहरुसहित गाडी चालक र उनका सहयोगीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बोलेरो चालक बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुर बस्ने २१ वर्षीय संजय राढ र सहयोगी भारतको बहराइच जिल्ला लौकाही बस्ने वर्ष ४८ का जब्बर खाँ रहेका छन् । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise