२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ

Nada
२०८३ असोज २८ गते १७:०५
Shares
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् ।

ncell

हुसेनलाई बुधवार लागू औषध मुद्दामा पक्राउ गरेको ‎इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहानका अनुसार टोलीले हुसेनलाई सुरूंगा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

‎प्रहरीका अनुसार, २०८१ मंसिर ११ गते धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।

‎पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँच वटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उक्त घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो भने कारका चालक फरार भएका थिए ।

सोही घटनासम्बन्धी लागू औषध मुद्दामा हुसेन पक्राउ गरिएको हो । 

ताजा खबर

सम्बन्धित खबर