२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

विमानस्थलबाट करिब डेढ किलो सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

Nada
२०८३ मंसिर २ गते १२:५५
Shares
विमानस्थलबाट करिब डेढ किलो सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मङ्सिर २ गते बिहान करिब ११ बजेर ४१ मिनेटमा दुबईबाट हिमालय एयरलाइन्सको उडान नम्बर एच ९३५३ मार्फत काठमाडौँ आएका चिनियाँ नागरिक बिनबिन लीलाई नियमित जाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसबाट खटिएको टोलीले भन्सार क्षेत्रमा रहेको पैदल जाँचद्वारमा जाँच गर्ने क्रममा उनले बोकेको ज्याकेटको खल्तीभित्र लुकाएर ल्याएका चारवटा पोका फेला पारेको थियो ।

ती पोकाभित्र सुनजस्तो देखिने पदार्थ रहेको र त्यसको कुल तौल १ किलो ६०५ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको राहदानी नम्बर ईए ४२४०१९८ रहेको छ । बरामद पदार्थसहित उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले घटनाबारे जानकारी दिएका हुन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर