२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

दाङमा जुवा खेलेको आरोपमा दुई दिनमा ३२ जना पक्राउ

Nada
२०८३ कार्तिक ३० गते १२:४६
Shares
दाङमा जुवा खेलेको आरोपमा दुई दिनमा ३२ जना पक्राउ

काठमाडौँ : घोराही र तुलसीपुरमा जुवा खेलेको आरोपमा प्रहरीले दुई दिनमा ३२ जनालाई पक्राउ गरेको छ । शनिबार घोराहीबाट १७ जना र आइतबार तुलसीपुरबाट १५ जना पक्राउ परेका हुन् । दुवै कारबाहीमा १० लाख ४२ हजार ९५३ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया अघि बढाउन सोमबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आइतबार राति करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका-५ को मासुमार्केटस्थित तेजबहादुर डाँगीको घरमा छापा मारेको थियो । सूचनाका आधारमा खटिएको टोलीले त्यहाँबाट १५ जनालाई पक्राउ गरेको हो । सो क्रममा ५ लाख ३० हजार २५३ रुपैयाँ नगद र १२ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार साँझ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले घोराहीका दुई स्थानमा एकैसाथ छापा मारेको थियो । ती स्थानबाट १७ जना पक्राउ परेका थिए भने ५ लाख १२ हजार ७०० रुपैयाँ नगद बरामद भएको थियो ।

घोराही–१५ स्थित नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीको घरबाट उनीसहित केही व्यक्ति पक्राउ परेका थिए । घोराहीबाट पक्राउ पर्नेमा घोराही-१६ का वडाध्यक्ष ताराबहादुर डाँगी, घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसी र होटेल व्यवसायी ओपेन्द्र महरा पनि छन् ।

घोराहीमा पक्राउ परेकामध्ये केहीलाई उपचारका लागि भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर