
काठमाडौँ : सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमान्ले ढुंगाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार २०८३ मंसिर १ गते राति करिब १ बजे सामान्य विवादका क्रममा करिब ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुंगाको लोहोरोले प्रहार गरेका थिए ।
प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे राति १:१५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।