२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

प्यूठानमा आमाद्वारा आफ्नै नवजात शिशुको हत्या

shivam cement
राजेश जीसी
२०८२ मंसिर २ गते २१:१२
Shares
प्यूठानमा आमाद्वारा आफ्नै नवजात शिशुको हत्या

प्यूठान : प्यूठानमा एक आमाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । गौमुखी गाउँपालिका ६ लिबाङ बुक्तिचौरकी २१ वर्षीया विपना सुनारले नवजात शिशुलाई जन्माएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । शिशुको गहुँबारीमा गाडेको अवस्थामा शव फेला परेको थियो । 

शनिबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पूजा र जिल्ला प्रहरी कार्यालय प्यूठानबाट गएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गर्दा सुनारले शिशु जन्माएर गाडेको खुलेको प्रहरीले जनाएको छ ।

सुनारले उक्त शिशु अनैतिक सम्बन्धबाट जन्मिएको र मारेर गाडेको प्रहरी समक्ष स्वीकार गरेकी छिन् । उनका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका छन् । सुनारलाई नियन्त्रणमा लिएर जिल्ला अदालत प्यूठानबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका  प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

ADV

सम्बन्धित खबर