२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

Nada
२०८१ साउन १० गते १०:२३
Shares
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

रुकुमपश्चिम : मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

ncell

सडक  अवरुद्ध भएसँगै  रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौँ जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ । 

सम्बन्धित खबर