२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

बरालको नेतृत्वमा कास्की आदर्श समाज साउदीको नयाँ कार्यसमिति

Nada
अन्जान गुभाजु
२०८२ मंसिर ६ गते ०८:०४
Shares
बरालको नेतृत्वमा कास्की आदर्श समाज साउदीको नयाँ कार्यसमिति

साउदी अरेबियाः ‘कास्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ स्थापित कास्की आदर्श समाज साउदी अरेबियाको तेस्रो महाधिवेशन तथा छैटौँ वार्षिक उत्सव २०२५ सम्पन्न भएको छ। शुक्रबार रियादको बथास्थित यास्मिन रेस्टुरेन्टको सभाहलमा विशेष कार्यक्रमसहित महाधिवेशन सम्पन्न भएको हो । 

ncell

समारोहले समाजसेवी तथा स्पष्ट वक्ता मुक्ति बराललाई सर्वसम्मत रूपमा समाजको अध्यक्षमा चयन गरेको छ भने संगठनको प्रशासनिक जिम्मेवारी महासचिव कमल शाहीलाई प्रदान गरिएको छ। कार्यसमितिको अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष मनकाजी गुरुङ, उपाध्यक्ष (पूर्वी क्षेत्र) ओमबहादुर कुमाल, उपाध्यक्ष ९पश्चिम क्षेत्र० कुलबहादुर गुरुङ, महिला उपाध्यक्ष गीता आत्म मगर, युवा संयोजक लोकबहादुर परियार, उप–महासचिव खुसीमान गुरुङ, कोषाध्यक्ष तुलसीराम भण्डारी, सह–कोषाध्यक्ष अमृता पुरी, प्रवक्ता सुरेश सुनार, महिला संयोजक माया गुरुङ, मिडिया संयोजक दुर्गा तमु, सांस्कृतिक संयोजक डिबि तामाङ, सांस्कृतिक उप–संयोजक रोहनकुमार परियार तथा सदस्यहरू मकवुल अमिनि, अनिल रानाभाट, चन्द्र भण्डारी, सोम परियार, राजु केसी, राज तामाङ, स्मृति गिरि, राम गुरुङ, सन्तोष गुरुङ र जगदिश खनाल रहेका छन्।

त्यस्तै, संस्थाको मार्गदर्शन र परामर्शका लागि प्रमुख सल्लाहकारमा हेमलाल सेवा तथा सल्लाहकारमा खेम गुरुङ, कृष्ण पुरी र शिवबहादुर ढकाल रहनेछन्। संरक्षक समितिको नेतृत्व प्रमुख संरक्षक अमर सापकोटाले गरेका हुन् । 

महाधिवेशनको प्रमुख आकर्षण नेपालबाट विशेष आमन्त्रणमा साउदी अरब पुगेर आफ्नो कला प्रस्तुत गरेकी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्कीकी निवर्तमान अध्यक्ष तथा चर्चित गायिका तुलसी छेत्री थिइन्। उनको सुमधुर स्वरले सम्पूर्ण दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाएको थियो। साथै साउदीमै कार्यरत विभिन्न प्रतिभावान कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले माहोललाई अझै रोचक र जीवन्त बनायो।

कार्यक्रममा नेपाली राजदूतावास, रियादका तर्फबाट डिसिएम तथा कार्यवाहक राजदूत सिर्जना अधिकारीको विशेष उपस्थितिले कार्यक्रमको महत्व थप बढाएको थियो। विभिन्न सामाजिक संस्था, संघ–संगठनका प्रतिनिधि, पत्रकार, कलाकार तथा समाजप्रेमी नेपालीहरूको उत्साहपूर्ण उपस्थिति उल्लेखनीय रह्यो।

महाधिवेशन सफल पार्न आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिने सबै सहयोगी मनहरू, अतिथिहरू तथा उपस्थित सबैलाई संस्थाले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।

सम्बन्धित खबर