२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

विभिन्न दश विधामा सम्मान गर्दै उज्यालो भविष्य दोलखाले मनायो दशौं वार्षिकोत्सव

ADV
राजकुमार भुजेल
२०८१ जेठ २४ गते २१:२६
विभिन्न दश विधामा सम्मान गर्दै उज्यालो भविष्य दोलखाले मनायो दशौं वार्षिकोत्सव

दोलखा : मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण, महिला तथा बाल बालिकाको अधिकार लगायतका क्षेत्रमा कृयाशिल उज्यालो भविष्य संस्था दोलखाले स्थापनाको १० वर्ष पूरा भएको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दी पुरुष (एक सय दुई वर्ष) हरि बहादुर बस्नेत, सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका प्रमुख मिना कार्की बस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले सम्मान गरेका हुन् । 

सो अवसरमा मन्तव्य मन्त्री तामाङले दोलखामा निर्माणाधिन फिल्मसिटीको लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपालमा धार्मिक पर्यटक भित्र्याउन काठमाडौंको पशुपति नाथ, लुम्बिनी, पोखरा लगायतका क्षेत्रको विशेष व्यवस्थापन गर्नुपर्ने बताए । उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं सांसद गंगा कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेसका नेता तारा बहादुर कोईराला, जिल्ला विकास समितिका पूर्व सभापति रुद्र बहादुर खड्का, नेपाली कांग्रेसका महासमिति सदस्य एवं दरुण दलका नेता सन्तोष पाण्डे, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बद्री कुमार चौलागाईं, नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्का, नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिका सभापति सरोज शिवाकोटी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान लगायतले मन्तव्य राखेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise