२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

राँचीमा आठौं अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न

shivam cement
इसत्याक अहमद
२०८२ मंसिर ९ गते २१:४६
Shares
राँचीमा आठौं अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न

झारखण्ड : इण्डियन जर्नलिस्ट्स एसोसिएसनद्वारा झारखण्डको राँचीमा आयोजित आठौँ अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सांसद तथा पूर्व मन्त्री सबोद कुमार सिंह र राज्यसभा सांसद दीपक प्रकाश उपस्थित थिए ।

वक्ताहरूले एसोसिएसनले पत्रकारिता क्षेत्रमा उन्नति, पत्रकारको हकहितको संरक्षण तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि पुर्‍याउँदै आएको भूमिकाको प्रशंसा गरेका थिए । नेपालबाट सहभागी पत्रकार मोहम्मद अजाद बसिरुद्दिन अजादलाई कार्यक्रममा सम्मान गरिएको थियो । विशिष्ट अतिथिको रूपमा नेपालबाट सहभागी मधेश प्रदेशसभा सदस्य ललिता दास विद्रोहीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल–भारतका सञ्चारकर्मीबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । 

एसोसिएसनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशीले पत्रकार सुरक्षा, हकअधिकार तथा पेशागत क्षमताको अभिवृद्धिका लागि संस्था निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै विभिन्न राज्यका पत्रकारहरूले भोग्नुपरेका समस्यामा संस्था निरन्तर आवाज उठाउँदै आएको बताए । नेपाल–भारतका पत्रकारहरूलाई साझा मञ्चमा जोड्नु आवश्यक रहेको कुरैशीले बताए । 

कार्यक्रममा बोल्दै ललिता दास विद्रोहीले इण्डियन जर्नलिस्ट्स एसोसिएसनले पत्रकारहरूको मनोबल उकास्ने काम गर्दै आएको उल्लेख गर्दै दुई देशका सञ्चारकर्मीबीचको सहकार्यले नेपाल–भारत सम्बन्ध झनै मजबुत बनेको बताइन् । 

ताजा खबर

सम्बन्धित खबर