२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

ADV
सपना बोहरा
२०८१ साउन १० गते २०:४०
सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

दाङ : ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दाङले सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । ‘स्वच्छ र स्वस्थ समाजका लागि मिडियाको  भूमिका’ विषयको छलफलको आयोजना गरेर स्वागत सम्मान गरेको हो ।

ब्रह्माकुमारी राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी गीता दिदीको  अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि  पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतम रहेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि गौतमले सञ्चार जगतले समाज परिवर्तन गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन् । सामाजिक, आर्थिक, राजनीतिक लगायतका परिवर्तनमा सञ्चारको भूमिका रहेको उनको भनाइ छ । संघ संस्थाको सम्मानले सकारात्मक उर्जा मिल्ने उनको धारणा थियो । 

कार्यक्रमको विशिष्ट अतिथि सञ्चारिका समूह नेपाल दाङका अध्यक्ष रञ्जिता अधिकारीले जिम्मेवारी थपिएसँगै साथ सहयोगको अपेक्षा गरेको बताइन् । सूचना  सम्प्रेषण गर्दा त्यसबाट पर्न सक्ने शारीरिक, मानसिक, सामाजिक  र संवेगात्मक पक्षलाई  समेत विचार गरी सम्प्रेषण  गर्नुपर्ने उनको सुझाव थियो ।   

कार्यक्रमका अध्यक्ष ब्रह्माकुमारी राप्ती  क्षेत्रका क्षेत्रीय प्रमुख गीता दिदीले समाजमा भएका नकारात्मक कुराबाट बच्नुपर्ने बताइन् । व्यक्तिको शरीर स्वस्थ भए जस्तै मन पनि स्वस्थ  हुनु जरुरी रहेको उनको भनाइ छ । आम नागरिकले व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने उनको भनाइ थियो ।  ब्रह्मकुमार शिवलाल महतराले स्वागत राखेका थिए भने सहजीकरण ब्रह्म कुमार माधव तिम्ल्सिसिनाले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise