२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘आदेशको आधारमा गरिने शिक्षक सरुवा मन्जुर छैन’

ADV
महमद सदाब
२०८१ साउन १० गते २०:५१
‘आदेशको आधारमा गरिने शिक्षक सरुवा मन्जुर छैन’

वीरगञ्ज : नेपाल शिक्षक महासंघ वीरगञ्ज महानगर समिति  पर्साले आयोजना गरेको दोस्रो पालिका अधिवेशन, पदसोपान तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । 

‘अधिकार र कर्तव्यको लागि शिक्षक एकता’ नाराका साथ आयोजित कार्यक्रममा वक्ताहरुले शिक्षाको उन्नति, प्रगतिका लागि सम्पूर्ण शिक्षकहरु एक भएर लाग्नुपर्ने बताए । 

यस्तै शिक्षक माथि भएको प्रहारप्रति एकजुट हुन आवश्यक रहेको पनि उनीहरुले बताएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वीरगञ्ज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले अहिलेको अवस्थामा शिक्षकहरुमाथि प्रहार भइरहेको बताए । प्रमुख अतिथि आलमले भने, ‘यो प्रहार कदापी म सहन सक्दिन ।  यसको लागि जे गर्नु पर्छ, म गर्न तयार छु । म तपाईंहरुको साथमा छु । तपाईंहरुको कुनै समस्या भए अफिसमा या मेरो घरमै आएर पनि भन्न सक्नुहुनेछ ।’

कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष तिर्थराज यादवले आदेशको आधारमा गरिने सरुवा मन्जुर नहुने बताए । उनले अपारदर्शी मिलानको कडा प्रतिवाद गर्न तयार रहेको पनि बताए । 

लालबाबु प्रसाद यादवको अध्यक्षतमा भएको कार्यक्रममा   विशिष्ट अतिथिहरु तिर्थराज यादव, प्रदिप कुमार जैसवाल, शिवनाथ प्रसाद थार, शम्भु प्रसाद सोनार, रमेश प्रसाद चौधरी, हासिम अंसारी लगायतको उपस्थिति रहेको थियो । 

यस्तै प्रदिप कुमार जैसवालको अध्यक्षतामा १७ सदस्यीय कमिटी समेत गठन गरिएको छ । 

जसको सहअध्यक्षमा लालबाबु प्रसाद, उपाध्यक्षमा सहाबुदिन अहमद, सचिव सुमन प्रसाद सोनार, सहसचिव महिलामा सरस्वती गौतम, सहसचिव पुरुषमा बिजय कुमार यादव, महिला सदस्यमा पूर्णिमा साह, शान्ति श्रेष्ठ चयन भएकी छन् । यस्तै अन्य सदस्यहरुमा ऋबुन्जय मिश्र, बाबुनन्द पटेल, भुसन चौबे, नेजामुलहक अन्सारी, शिवनाथ थार,अवध प्रसाद साह,भरत सहनी,जिउत राम र बिनोद प्रसाद चौहान चयन भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise