२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एसिसी यु–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा

shivam cement
२०८२ मंसिर १४ गते १७:१३
Shares
एसिसी यु–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ ।

नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र युएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।  

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ ।

सम्बन्धित खबर