
काठमाडौं : भोलि (सोमबार, मंसिर १५) देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम हुने भएको छ ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले आज (आइतबार, मंसिर १४) निर्धारण गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा १ रुपैयाँ ४४ पैसा घटेको छ ।
त्यस्तै तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेको निगमले जनाएको छ । मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको निगमले बताएको छ ।
हेर्नुहोस् मूल्यसूची :
