२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

‘बानी परेछ तिम्रो’ सार्वजनिक

shivam cement
२०८२ मंसिर १५ गते १९:१८
Shares
‘बानी परेछ तिम्रो’ सार्वजनिक

काठमाडौं : गजल संग्रह ‘बोई’ मा समावेश रहेको गजल ‘बानी परेछ तिम्रो’ अब आधिकारिक गीतको रूपमा सार्वजनिक गरिएको छ । 

गीतमा बिशाखा शाही ठकुरी, सुभाष तिमसिना र वसन्त वली वसन्तीको स्वर रहेको छ । संगीत लेखराज गिरी र वसन्त वली वसन्तीले दिएका छन् भने शब्द पनि वसन्त वली वसन्तीकै हुन् ।

गीतको संगीत संयोजन, ध्वनि रेकर्डिङ, मिक्सिङ तथा ‘आलाप’ पवन रानाभाटले गरेका छन् । सारङ्गीमा हेमन्त कान्छा रसाईली, मादलमा पोषणराज जि.एम. र गितारमा विकाश सुनारको साथ रहेको छ । रेकर्डिङ प्रत्युस क्रियसन स्टुडियो, अनामनगरमा गरिएको हो ।

गीतको भिडियोमा वसन्त वली वसन्ती र वसन्ती वलीले अभिनय गरेका छन् । निर्देशन झग्गु भण्डारी को रहेको भिडियोको कथा तथा परिकल्पना वसन्त वली वसन्तीले तयार गरेका हुन् ।

भिडियो छायांकन द्रोण बस्नेतले गरेका हुन् । सहायक छायांकारका रूपमा कमल मल्ल ठकुरी र जितबहादुर थापा मगर रहेका छन् । ड्रोन क्यामेरामा प्रसिद्ध डि.सी.को काम रहेको छ । प्रकाश व्यवस्थापन युनिक बस्नेतले सम्हालेका छन् ।

सहनिर्मातामा खुमबहादुर वली र दीपा बस्नेत वली छन् । व्यवस्थापन खुम बहादुर वली, काफिया वली र बबिता वलीले गरेका छन् ।

भिडियोमा धेरै सहायक कलाकारहरूको सहभागिता रहेको छ, जसमा हिरा वली, पिताम्बर वली, बामदेव डाँगी, गोपिसरा डाँगी, अस्मिता डाँगी, नरबहादुर वली, खुम बहादुर वली, बिनोद वि.क., शोभराम डाँगी ‘वसन्तेझ’, मदन डाँगी, ज्ञानबहादुर थापा, रूपा थापा र विकेश भण्डारीलगायत छन् । बाल कलाकार प्रज्ञान थापा पनि भिडियोमा देखिएका छन् ।

गीतको छायांकन दाङको घोराही उपमहानगरपालिका–८ अन्तर्गत दुन्द्रा र एकता एग्रो इन्डस्ट्रीज प्रा.लि. कटुकी वरपरका क्षेत्रहरूमा गरिएको हो ।

सम्बन्धित खबर