२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन

shivam cement
२०८२ मंसिर १६ गते १३:२२
Shares
चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन

काठमाडौँ : चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मंगलवार घोषणा गरेको छ ।

चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरेपछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

उनले सिसिजीले कानुन अनुसार आवश्यक नियन्त्रण उपायहरू अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको उल्लेख गर्दै दियाओउ दाओ र यसका टापुहरू अभिन्न चिनियाँ क्षेत्र हुन् भन्ने कुरामा जोड दिएको बताएका छन् ।

“सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार–संरक्षण कानून प्रवर्तन अपरेसनहरू जारी राख्नेसमेत उनले प्रष्ट पारेका छन् ।

ताजा खबर

सम्बन्धित खबर