२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन जारी

shivam cement
२०८२ मंसिर १६ गते १४:१३
Shares
बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन जारी

काठमाडौं : सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै मंगलबार पनि प्रदर्शलाई जारी राखेका छन् । 

सहकारी पीडितहरूसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरूले मंगलबार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् ।

सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, सहकारी बचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारले पटक–पटक वार्ता गरेता पनि आफूहरूको माग पूरा नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं’, ‘सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ?’ जस्ता नारा लेखेका प्लेकार्डहरू बोकेका थिए । 

सम्बन्धित खबर