
कोलम्बो : श्रीलंकामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४ सय ६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरुले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका छन् ।
गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३ सय ६६ जना बेपत्ता भएको जनाइएको छ । ‘पुनर्निर्माणका लागि करिब ६ देखि ७ अर्ब डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको उद्धार कार्यको नेतृत्व गरिरहनु भएका अत्यावश्यक सेवाका आयुक्त जनरल प्रभात चन्द्रकीर्तिले उल्लेख गरेका छन् ।
चन्द्रकीर्तीले सरकारले प्रत्येक परिवारलाई उनीहरूको घर सफा गर्नेको लागि २५ हजार रुपैयाँ तथा घर गुमाउनेहरूलाई २५ लाख रुपैयाँ सहयोग प्रधान गरेको बनाएका हुन् । राष्ट्रपति अनुरा कुमार दिसानायकले तीन वर्ष अघि देखि देश खराब आर्थिक संकटबाट गुज्रिदै आएकाले राहत तथा उद्धार कार्यका लागि विदेशी सहयोग आवश्यक रहेको बताएका छन् ।
यसअघि उनले शनिबार आपतकालको घोषणा गर्दै अन्तर्राष्ट्रिय समर्थनका साथ पुनर्निर्माण गर्ने वाचा गरेका थिए । आर्थिक संकटको सामना गरिरहेको अवस्थामा आएको यस विपत्तिको सामना गर्नेु सरकारको सबै भन्दा ठूलो चुनौती भएको दिसानायकले मंगलबार आफ्ना शीर्ष अधिकारीहरूलाई बताएका थिए ।
श्रीलंका सरकारले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्वाश्यक आयातलाई पनि वित्त पोषण गर्न विदेशी मुद्रा समाप्त भएपछि अप्रिल २०२२ मा आफ्नो ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋणमा चलिरहेको बताएको छ । देशको अर्थतन्त्र स्थिर भएको अवस्थामा आईएमएफबाट २.९ अर्ब डलरको ऋण प्राप्त गरेको र यसलाई श्रीलंकाले मितव्ययिता उपायहरूसहित आफ्ना सुधारहरू कायम राख्नु पर्ने उनले बताए ।
सन् २०२२ को संकटले महिनौंसम्म सडकमा विरोध प्रदर्शन भएपछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छोड्न बाध्य तुल्याएको थियो । सप्ताहन्तमा ठूलो बाढी आएपछि बुधबारदेखि राजधानी कोलम्बोमा बाढीको पानी कम हुँदै गएको जनाइएको छ ।
देशका १५ लाख भन्दा बढी मानिसहरू प्राकृतिक प्रकोपबाट प्रभावित भएको र लगभग दुइ लाख मानिसहरु राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयमा रहेको जनाइएको छ । मध्य पहाडका दुर्गम क्षेत्रहरू बढी प्रभावित भएकाले अधिकारीहरूले सडकहरू सुचारु गर्न तथा सञ्चार लाइनहरू पुनर्स्थापना कठिन प्रयास गरिरहेको जनाइएको छ ।
मुलुक पर्यटनमा आधारित भएकाले विपत्तिको बावजुद, श्रीलङ्काले मङ्गलबार कोलम्बो बन्दरगाहमा लक्जरी क्रुजलाइनरलाई स्वागत गरेको अधिकारीहरूले बताएका छन् । यो प्रयासले विश्वलाई श्रीलंका सुरक्षित, खुला रहेको तथा पर्यटकलाई स्वागत गर्न तयार रहेको शन्देश प्रवाह गर्ने श्रीलंकाको पर्यटक बोर्डले जनाएको छ । –रासस/एएफपी