२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रुकुम पश्चिमबाट रास्वपा कर्णाली प्रदेश समितिमा ४ जना मनोनयन

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर १७ गते १७:३७
Shares
रुकुम पश्चिमबाट रास्वपा कर्णाली प्रदेश समितिमा ४ जना मनोनयन

रुकुम पश्चिम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिमा रुकुम पश्चिमका चार जना मनोनित भएका छन् । पार्टी जिल्ला उपसभापति रिमप्रसाद शर्माका अनुसार जिल्ला कार्यसमितिबाट सिफारिस भएका चार जनालाई प्रदेशस्तरीय जिम्मेवारी प्रदान गरिएको हो ।

उनका अनुसार चौरजहारी नगरपालिका–१ का शिवकुमार शर्मा र बाँफिकोट गाउँपालिका–४ का दोर्ण खड्कालाई प्रदेश समिति सदस्यमा मनोनित गरिएको छ । 

त्यस्तै, त्रिवेणी गाउँपालिका–९ का निर्मलकुमार चन्दलाई मानव स्रोत तथा प्रवद्र्धन विभाग सदस्य र आठबिसकोट नगरपालिका–९ का केशवजंग मल्ललाई संगठन विभाग सदस्यमा मनोनित गरिएको छ । 

गत भदौ ११ गते जिल्ला कार्यसमितिबाट उनीहरूको नाम सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा मनोनयन गरिएको रास्वपा कर्णाली प्रदेश समितिका महामन्त्री ललित चन्दले जानकारी दिए ।

सम्बन्धित खबर