२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पश्चिममा कालो झन्डा

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर २१ गते १२:३९
Shares
जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पश्चिममा कालो झन्डा

रुकुम पश्चिम : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पश्चिम आइपुग्दा कालो झन्डा देखाएर विरोध गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज बिहान मुसिकोट नगरपालिका–१ सल्लेमा नाराबाजी गर्दै शर्माविरुद्ध प्रदर्शन गरेका हुन् । काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजमार्फत सल्ले विमानस्थल पुगेका शर्मालाई विमानस्थल बाहिरै पार्टी कार्यकर्ताले कालो झन्डा देखाउँदै विरोध जनाएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति असहमति जनाउँदै शर्माले केही समयअघि आफ्नै नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए । नयाँ पार्टी गठनपछि उनी पहिलोपटक गृह जिल्ला आएका हुन् ।

एक दर्जनभन्दा बढी पार्टी कार्यकर्ताले ‘जनार्दन शर्मा मुर्दावाद’, ‘जनतालाई धोखा दिने जनार्दन मुर्दावाद’, ‘दक्षिणपन्थी अवसरवादी मुर्दावाद’ लगायतका नारा लगाउँदै विरोध गरेका थिए ।

गृह जिल्लामा पार्टी कार्यालय उद्घाटन तथा युवा भेलामा सहभागी हुने कार्यक्रमसहित शर्मा रुकुम पश्चिम आएका हुन् ।

सम्बन्धित खबर