२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रलोपा रुकुम पश्चिमको पार्टी कार्यालय उद्घाटन

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर २१ गते १८:१४
Shares
प्रलोपा रुकुम पश्चिमको पार्टी कार्यालय उद्घाटन

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ । 

आइतबार पूर्वमन्त्री एवम् प्रलोपाका नेता जनार्दन शर्माले जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला समितिको बोर्ड र पार्टीको झन्डा राखेर कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रलोपाका नेता राजकुमार शर्मा, पार्टीका केन्द्रिय सदस्य गोर्खबहादुर केसीलगायत जिल्लाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

नेता शर्माले सोमबार हुने युवाहरुको बृहत् भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर