२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मदरसा विधेयकप्रति पूर्वमन्त्री हुसैनको आपत्ति 

shivam cement
इसत्याक अहमद
२०८२ मंसिर २१ गते २२:२५
Shares
मदरसा विधेयकप्रति पूर्वमन्त्री हुसैनको आपत्ति 

सप्तरी : पूर्व समाज कल्याण मन्त्री मोहम्मद जाकिर हुसैनले मधेश प्रदेश सरकारले अघि सारेको मदरसा विधेयकप्रति कडा आपत्ति जनाएका छन् । समाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले प्रस्तावित विधेयक मुस्लिम समुदाय र मधेश प्रदेशविरुद्ध लक्षित रहेको आरोप लगाए । 

हुसैनका अनुसार मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यकालमा यस्तो विधेयक संसद्मा प्रस्तुत हुन दिइएको थिएन । अहिले २–४ दिन टिक्ने सरकारले यस्तो संवेदनशील विषय अघि सारेपछि उनले आपत्ति जनाए । उनले मदरसा सम्बन्धी कानुन संघीय स्तरमै ल्याउनुपर्ने तर २०७४–०७९ को एमाले नेतृत्वको सरकारले बेवास्ता गरेको आरोप पनि लगाए । 

लुम्बिनी प्रदेशको मदरसा परिषद् प्रभावहीन रहेको उदाहरण दिँदै उनले मधेशमा ल्याइएको विधेयक लोकप्रियता कमाउने प्रयत्न मात्र भएको टिप्पणी गरे । उनले मुस्लिम समुदायलाई आन्तरिक विभाजनमा नफस्न आग्रह गर्दै २०७३ मा बनेको एकीकृत निर्देशिका आठ वर्षदेखि निष्प्रभावी रहेको स्मरण गरे । 

मधेश विविध पहिचानको साझा घर भएको उल्लेख गर्दै हुसैनले सहअस्तित्व, सद्भाव र पहिचानको सम्मानलाई प्राथमिकता दिन सबै समुदायलाई आग्रह गरे ।

सम्बन्धित खबर