२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अमेरिकाको नयाँ सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार पारेको छ : मस्को

shivam cement
२०८२ मंसिर २३ गते १४:०८
Shares
अमेरिकाको नयाँ सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार पारेको छ : मस्को

मस्को : रूसी विदेश मन्त्रालयले हालै अद्यावधिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि दुई पक्षबीच साझा आधार प्रस्तुत गरेको बताएको छ ।

पत्रकारसँगको साक्षाकारमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रणनीतिले अमेरिकी हितको दृढतापूर्वक रक्षा गर्दै यसले वार्ता र आपसी समझदारीको खोजीको लागि पनि पर्याप्त आधार तय गरेको बताएका छन् । 

रणनीतिले युक्रेनी संकटसँग सम्बन्धित धेरै प्रावधानहरूले द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आधारका रूपमा काम गर्न सक्नेसमेत उनले बताएका छन् । 

यस अघि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा भएका संशोधनहरू धेरै हदसम्म मस्कोको दृष्टिकोणसँग मेल खाएको उल्लेख गर्दै उसले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्भावना बढाएको बताएका थिए । –रासस/क्यूएनए

ताजा खबर

सम्बन्धित खबर