२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्लामा आफैं उम्रेका अवैध गाँजा फँडानी

ADV
दिलमाया शाही
२०८१ साउन १२ गते १६:२३
जुम्लामा आफैं उम्रेका अवैध गाँजा फँडानी

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले आफैं उम्रेका अवैध गाँजा नष्ट गरेको छ । प्रहरी निरीक्षक असिम हमालको नेतृत्वको प्रहरी टोलीले जुम्ला बजार आस्पासका क्षेत्रमा रहेको भाँगाको बोट (गाँजा) नष्ट गरेको हो ।

जुम्ला प्रहरीले अवैधरुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर शनिबार समुदाय प्रहरी साझेदार कार्यक्रमअन्तर्गत प्राकृतिकरुपमा आफैं उम्रेका अवैध गाँजा नष्ट गरेको प्रहरी निरीक्षक असिम हमालले बताए । अवैधरुपमा रहेको गाँजाको प्रयोग रोक्नका लागि समुदाय आफैं सचेत हुनुपर्ने उनले बताए ।

गाउँघर, सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि सरोकारवालासँगको सहकार्यमा प्रहरीले नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खेती गरिएको हकमा २५ बोटसम्म ३ महिना कैद वा ३ हजार जरिवाना हुने व्यवस्था छ ।

ADVADV

सम्बन्धित खबर

Advertise