
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जापानमा हुने रोजगार मेलामा सहभागी हुने निर्णय गरेको छ ।
आइतबारको कार्यसमिति बैठकले मेलामा सहभागी हुने सन्दर्भका लागि अध्यक्ष भुवनसिंह गुरुङको संयोजकत्वमा पूर्वअध्यक्षहरू प्रेमबहादुर कटुवाल, रोहन गुरुङ, कार्यसमिति सदस्य कृष्णप्रसाद ढकाल रहेको समिति गठन गरेको छ । महासचिव महेशकुमार बस्नेतलाई समितिको सदस्य सचिव तोकिएको छ ।
जापानमा आगामी फेब्रुअरी २४ मा नेपाली व्यवसायीहरूलाई समेत सहभागी गराएर रोजगार मेलाको आयोजना गर्न लागिएको छ ।
त्यसैगरी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा जोडिएका व्यवसायीको पहिचान गरी सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गराउन पहल गर्नेसमेत निर्णय गरेको छ ।