२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

समस्याका विवरण ल्याउन संघलाई मन्त्रीको आग्रह

Nada
२०८२ पुष १ गते ०६:१५
Shares
समस्याका विवरण ल्याउन संघलाई मन्त्रीको आग्रह

काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले छिटो समाधान गर्न सकिने समस्याहरूको विवरण पेस गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई आग्रह गरेका छन् ।

ncell

नवनियुक्त मन्त्री भण्डारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन सोमबार मन्त्रालय गएको संघ प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो आग्रह गरेका हुन् ।

युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्नेलगायतका विषयलाई प्राथमिकतामा राखेका नवनियुक्त मन्त्री भण्डारीले सम्भव सुधारका लागि आफू तयार रहेकोे जानकारी दिँदै समस्या समाधानको खाका लिखित रूपमा पेस गर्न आग्रह गरेको संघका अध्यक्ष भुवनसिंह गुरुङले मध्यान्ह दैनिकलाई बताए ।

जिट्को लाइसेन्स नवीकरण समस्या, युएईका लागि प्रहरी चालचलन रिपोर्ट प्रमाणित, लागत परिभाषित गरेर सेवा शुल्क निर्धारणलगायतका समस्या राखेपछि मन्त्री भण्डारीले समाधान  हुनुपर्ने समस्या एकीकृत गरेर छलफलमा आउन आग्रह गरेको अध्यक्ष गुरुङले बताए ।

मन्त्री भण्डारीले जेनजीको समेत प्रतिनिधित्व रहने गरी मन्त्रालयमा सेल स्थापना गर्ने बताएका छन् । उनले व्यवसायीका समस्या समाधानका क्रममा पनि जेनजीसँग सहकार्य गर्ने मनसाय व्यक्त गरेका थिए । 

पदबहालीपछि मन्त्री भण्डारीले प्रधानमन्त्रीले सुशीला कार्कीले जेनजीको भावनाअनुरूप काम गर्न निर्देशन दिएकाले सोहीअनुसार आफूले काम गर्ने बताएका थिए । आफ्नो पहिलो प्राथमिकतामा नै जेनजीको भावना रहने उनको भनाइ छ ।

अध्यक्ष गुरुङको नेतृत्वमा संघका सल्लाहकार तथा कार्यसमिति पदाधिकारी, सदस्यसहित घटक संस्थाका प्रतिनिधिहरू मन्त्रालय गएका थिए ।

सम्बन्धित खबर